PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कांग्रेस महाधिवेशन : कास्कीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनिए सभापति



कांग्रेस महाधिवेशन : कास्कीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनिए सभापति

पोखरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। कास्कीमा क्षेत्र नम्बर १ (क) र (ख), क्षेत्र २ (क) र (ख), क्षेत्र नम्बर ३ (क) र (ख) गरी ६ वटा निर्वाचन क्षेत्र छन्।

कास्की क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन्। आज भएको अधिवेशनमा उनले प्रतिस्पर्धी मुराहरी कोइरालालाई पराजित गरेका हुन्। सुवेदीले २ सय २६ मत ल्याउँदा कोइरालाले २ सय ९ मत पाएका छन्। यस्तै, क्षेत्र नम्बर १ (ख)मा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइरालाबीच प्रतिस्पर्धा चलेको छ।

कास्की क्षेत्र नम्बर २ (क)को सभापतिमा दिनेश आचार्य निर्वाचित भएका छन्। अधिवेशनमा वर्षाकेशव पराजुलीलाई पराजित गर्दै आचार्य सभापति निर्वाचित भएका हुन्। आचार्यले १२१ मत प्राप्त गर्दा पराजुलीले ९१ मत ल्याएका छन्।

क्षेत्र नम्बर २ (ख)मा दीपेन्द्र मर्सानी सभापति भएका छन्। सभापति पदमा उनीसँगै सुवास सिग्देलको उम्मेद्वारी थियो।

यता, क्षेत्र नम्बर ३ (क)मा सभापति पदमा पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी दीपकराज पौडेललाई १० मत अन्तरले पराजित गरेका हुन्। पाण्डेको १६६ र पौडेलको १५६ मत आएको थियो।

यस्तै, क्षेत्र नम्बर ३ (ख)मा सभापति पदमा जीवनाथ पौडेल (शंकर) र दीपकवीर कुँवरबीच प्रतिस्पर्धा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell