PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई



बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई
फोटो : Getty Images

अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए। बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे

शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड मेडिकल सेन्टरमा एक घण्टा २५ मिनेट एनेस्थेसियामा गए। कोलोनोस्कोपीका लागि उनी यति समय एनेस्थेसियामा गएका थिए। उक्त सममा अमेरिकाका राष्ट्रपतिको शक्ति कमला ह्यारिसको हातमा गएको ह्वाइट हाउसले जनाएको छ। उक्त समयमा कमला ह्यारिसले राष्ट्रपतिको भूमिका निभाएको ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले उल्लेख गरेकी छन्।

यसरी राष्ट्रपतिको अधिकार पाउने कमला पहिलो महिला भएको बताइएको छ। यतिमात्र हैन यस्तो शक्त पाउने उनी पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला पनि हुन्।

बाइडेन आज ७९ वर्ष पुगेका छन्। आजै उनले जन्मदिन पनि मनाउँदैछन्। जन्मदिन मनाउनुअघि उनी आफ्नो स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए। कोलोनोस्कोपी गर्दा बेहोस पार्नुपर्ने भएकाले उनले कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell