PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कांग्रेस अधिवेशन : गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनिए सभापति



कांग्रेस अधिवेशन : गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनिए सभापति

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका सबै निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा कांग्रेसले तीन वटा क्षेत्रमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ भने एउटा क्षेत्रमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ।

गुल्मी निवार्चन क्षेत्र नम्बर १ (क)बाट लोकप्रताप शाहलाई हराउँदै सन्तोष गौतम सभापतिमा निर्वाचित भएका छन् भने (ख)बाट भरत भलामीलाई हराउँदै हरिप्रसाद अर्याल सभापति चयन भएका छन्।

त्यस्तै, क्षेत्र नम्बर २ को (क)मा झविन्द्र अर्याल सर्वसम्मतले सभापतिमा चयन हुँदा (ख)बाट रेखा कुमारी जिसी सभापतिमा निर्वाचित भएकी छन्। जिसी रविन्द्र घिमिरेलाई पराजित गर्दै सभापति चयन भएको कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell