
सर्वोच्च अदालत यतिखेर राजनीतिको खेल मैदान बनेको छ। न्याय सम्पादन सुनिने सर्वोच्च परिसरमा दिनहुँजसो कानुन व्यवसायीहरु र प्रहरीको धकेलाधकेल हुन्छ। नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उत्रेको छ धर्नामा।
वार्ताको प्रयासमा छन् प्रधानन्यायाधीश। तर बारले मान्ने छाँट देखाएको छैन। यो बीचमा सर्वोच्च परिसरमा रोचक दृश्यहरु पनि देखिन थालेका छन्। न्याय सम्पादन गर्ने श्रीमानहरुबीच नै यस्तो कचिङ्गल कहिलेसम्म हुने हो कुन्नि!