PahiloPost

Jan 7, 2026 | २३ पुष २०८२

गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग गाँसिन लगनगाँठो



गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग गाँसिन लगनगाँठो
Photo: Neelam Roju Rai/Facebook

काठमाडौं : गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी निर्माण सिटौलासँग बिहे गरेकी हुन्।

प्रविशा र निर्माणले आइतवार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा बिहे गरेका छन्। बिहेमा परिवारका साथै नेपाली सांगीतिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

द भ्वाइस किड्स’ मा निर्णायक रहेकी प्रविशाले केही दिन अघि मात्रै प्रेमी सिटौलासँग इनगेजमेन्ट गरेकी थिइन्।

उनका प्रेमी निर्माण सिटौला पेशाले इन्जिनियर हुन्। लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न नेपाल आएका थिए। निर्माण झापा चारपानेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell