PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कांग्रेस महाधिवेशन : आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन



कांग्रेस महाधिवेशन : आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसलाई १४ औं अधिवेशनको रन्को लागेको छ। आजबाट विभिन्न जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन शुरु हुँदैछ।

कांग्रेसको निर्वाचन तालिका अनुसार आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन हुनेछ। अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशन सफलताको शुभकामना दिएका छन्।

कांग्रेसले हालसम्म १४ हिमाली जिल्लाको अधिवेशन सकाएको छ। बाँकी जिल्लाहरुमा प्रदेशको क्षेत्रीय अधिवेशन चल्दैछ। केही विवादित जिल्लामा आज पालिका अधिवेशन हुँदैछ।

रौतहट, रसुवा र सिन्धुलीमा क्रियाशील विवाद कायमै रहेकाले वडा अधिवेशनसमेत अघि बढ्न सकेको छैन। यता देउवाकै जिल्ला डडेल्धुरामा पनि क्रियाशील विवादका कारण जिल्ला सभापति कर्ण मल्ल नै पार्टी मुख्यालय सानेपामा अनशनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell