काठमाडौं : नेपाली कांग्रेस जाजरकोटको पार्टी सभापतिमा वेदराज सिंह सर्वसम्मत चयन हुने भएका छन्। जिल्ला नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि रत्न खड्काको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।
उक्त कार्यदलले जिल्ला सभापतिमा वेदराजको नाम सर्वसम्मतको प्रयास गरिरहेको छ। जिल्ला निर्वाचन अधिकृत सूर्यबहादुर शाहका अनुसार सोमवार दिउँसो १२ बजेसम्मका लागि सहमतिको समयसीमा दिइएको छ। 'केही असन्तुष्टिहरु आएका छन्। त्यसबारे सम्बोधन गर्न १२ बजेसम्मको समय दिएको छ,' निर्वाचन अधिकृत शाहले पहिलोपोस्टसँग भने, 'त्यसपछि आधिकारिक घोषणा हुनेछ।'
पार्टी उपसभापतिमा रत्न खड्का र खड्क विसी, सचिवमा तेज विक्रम शाह र हरिचन्द्र बस्नेतको नाममा सहमति जुटेको छ। यसैगरी सह सचिवमा पजारुका खडक विसी र छवि पन्तको नाममा सहमति जुटेको कांग्रेस जाजरकोटले जनाएको छ।