PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'बन्टी और बब्ली २' ले बक्स अफिसमा कस्तो व्यापार गरिरहेको छ ?



'बन्टी और बब्ली २' ले बक्स अफिसमा कस्तो व्यापार गरिरहेको छ ?

गत शुक्रवार सिनेमाहलमा रिलिज भएको बलिउड फिल्म 'बन्टी और बब्ली २' को व्यापार सुस्त रहेको छ। 'सूर्यवंशी' ले सिनेमाघरमा माहोल बनाएपछि यो फिल्म रिलिज भएको थियो। तर यस फिल्मले 'सूर्यवंशी' झै बक्सअफिसमा राम्रो सुरुवात गर्न नसकेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

यो फिल्म सन् २००५ मा रिलिज भएको फिल्म ‘बंटी और बबली’ को सिक्वेल हो। उक्त फिल्ममा रानी मुखर्जीसँग अभिषेक बच्चन र अमिताभ बच्चनको अभिनय थियो। सिक्वेलमा भने रानीसँगै सैफ अली खान देखिएका छन्। यस्तै, पंकज त्रिपाठी लगायत नयाँ कलाकारलाई समेत सिक्‍वेलमा देख्न सकिन्छ।

सिक्वेल फिल्म भएकाले यस फिल्मबाट निकै आशा गरिएको थियो। अक्षयकुमार अभिनित 'सूर्यवंशी' को रिलिज भएको १४ दिनपछि यो फिल्म सिनेमाघरमा प्रदर्शन भएपनि दर्शक भने तान्न सकेन्। यस फिल्मले शुक्रबार २ करोड ६० लाख  भारतीय रुपैयाँको मात्रै व्यापार गर्न सफल भएको छ। साथै, शनिबार भने फिल्मले २ करोड ५० लाखको कमाइ गरेको थियो। आइतबारको व्यापार भने सार्वजनिक भएको छैन।

तेस्रो सातामा पुग्दा समेत 'सूर्यवंशी' को व्यापार भने 'बन्टी और बब्ली' को दैनिक कलेक्सनभन्दा बढी नै छ। यश राज फिल्म्सले निर्माण गरेको यस फिल्मलाई वरुण शर्माले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell