PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

को हुन् ‘मिस अर्थ-२०२१’ की विजेता डेस्टिनी वाग्नर?



को हुन् ‘मिस अर्थ-२०२१’ की विजेता डेस्टिनी वाग्नर?
INSTAGRAM PHOTO/MISSEARTH

‘मिस अर्थ-२०२१’को उपाधि बेलीजकी डेस्टिनी वाग्नरले हात पारेकी छिन्। गत शनिवार भर्चुअल रुपमा सम्पन्न भएको प्रतियोगितामा उनले ‘मिस अर्थ-२०२१’ विजेता बनेर इतिहास रचेकी छिन्।

‘मिस अर्थ-२०२१’को विजेता घोषित भएसँगै बेलीजबाट उनी अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्ने पहिलो व्यक्ति बनेकी छिन्। मिस अर्थको २१ औँ संस्करण फिलिपिन्समा आयोजना गरिएको थियो।

मिस अर्थ बनेसँगै डेस्टिनी निकै भावुक बनेकी थिइन्।

‘मेरो देशले यसअघि कहिल्यै मिस अर्थमा स्थान पाएको छैन र हामीले कहिल्यै अन्तर्राष्ट्रिय ताज पनि पाएका थिएनौँ। म सुन्दर देशको प्रतिनिधित्व गर्न पाउँदा खुसी छु। म यतिबेला भावनाले भरिएको छु,’ उनले भनेकी थिइन्।

बेलिजमा जन्मेकी डेस्टिनी वाग्नर पेशाले मोडल हुन्। मध्य-अमेरिकाको उत्तरपूर्वी तटमा अवस्थित बेलीज क्यारिबियन सानो देश हो। बेलीजको उत्तरमा मेक्सिको, पूर्वमा क्यारिबियन सागर र दक्षिणमा ग्वाटेमालासँग सीमा जोडिएको छ। २२ हजार ९७० वर्ग किलो मिटर क्षेत्रफल रहेको देशको जनसंख्या जम्मा ४ लाख मात्रै रहेको छ।

कोरोना महामारीका कारण गत वर्ष पनि यो कार्यक्रम भर्चुअल माध्यमबाट नै सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell