PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रकाशमान सिंहका छोरा र श्रीमती बने महाधिवेशन प्रतिनिधि



प्रकाशमान सिंहका छोरा र श्रीमती बने महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा र श्रीमती दुवै महाधिवेशन प्रतिनिधि चयन भएका छन्। श्रीमती सिर्जना सिंह श्रेष्ठ र छोरा प्रभाशमान सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

आजको क्षेत्रीय अधिवेशनबाट उनीहरु आदिवासीतर्फबाट  महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। सिर्जना सिंह प्रकाशमानसँग विवाह गर्नुअघि नै कांग्रेसमा सक्रिय थिइन्। विवाहपछि उनको पार्टीमा सक्रियता थिएन। तर, अहिले प्रकाशमान सभापतिमा लड्ने भएपछि भने उनी पनि सक्रिय बनेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell