PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित



कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नं ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन्। रिजाल काठमाडौं १६ का वडाध्यक्षसमेत हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे।    
    
यस्तै अरु पदमा पनि रिजाल समूहका उम्मेद्वार निर्वाचित भएका छन्। सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजय भएका छन्। रिजाल समूह नेता प्रकाशमान सिंह समूहका उम्मेद्वार हुन्। काठमाडौं क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए। काठमाडौं क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell