PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म ‘घुइँचो’मा एलिजा र कुन्साङको जोडी पक्का



फिल्म ‘घुइँचो’मा एलिजा र कुन्साङको जोडी पक्का

काठमाडौं : फिल्म ‘घुइँचो’ निर्माण हुने पक्का भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रका बीच यस फिल्म निर्माणको घोषणा गरिएको हो।

सामाजिक कथाबस्तुमा बन्न लागेको फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहनेछ। यस फिल्ममा कलाकार एलिजा गौतम र मोडल कुन्साङ बम्जनको जोडी बन्ने पक्का भएको छ। यस फिल्मबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन्।

आरजे म्यूजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन्। निर्माता दैलेखीले फिल्म क्षेत्रलाई नयाँ पुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको बताए।

फिल्मको कथाले मन तानेको एलिजा गौतमको भनाइ छ। यो फिल्म आफ्ना लागि पुनः जन्म भएको उनले बताइन्। आफू चलचित्रमा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको कुन्साङ बम्जनको तर्क छ।

फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने निर्देशक लामा बताउँछन्। फिल्मको छायांकन आगामी माघको अन्तिम साताबाट शुरु गर्ने निर्माण पक्षको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell