PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

विवादका बीच डडेल्धुरामा कांग्रेस अधिवेशन, देउवा पक्षका साउद जिल्ला सभापतिमा निर्वाचित



विवादका बीच डडेल्धुरामा कांग्रेस अधिवेशन, देउवा पक्षका साउद जिल्ला सभापतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन्। क्रियाशील विवाद अन्त्य गर्न माग गर्दै आन्दोलनमा रहेको कर्ण मल्ल पक्षको मागको कुनै सुनुवाई नगरी भएको जिल्ला अधिवेशनबाट उनी सभापतिका निर्वाचित भएका हुन्।

साउद प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन्। सोमवार भएको जिल्ला अधिवेशनमा चुडामणि ठाकुराठीलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्।

साउदले ७३४ मत पाउँदा ठाकुराठीले ७६ मत पाएका थिए। भीमबहादुर पर्शुराम नगरपालिकाका प्रमुखसमेत हुन्। अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापतिमा लक्ष्मी अवस्थी र डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी चुनिएका छन्। यसैगरी सहसचिवमा प्रेमबहादुर महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell