PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रुपन्देहीमा कांग्रेस महाधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन, कतै मतदान नै स्थगित



रुपन्देहीमा कांग्रेस महाधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन, कतै मतदान नै स्थगित

  • रमेश पराजुली-

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका ३ वटा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। क्षेत्र नम्बर २ मा मतदान सकिए पनि मतगणना सुरु हुन सकेको छैन। यता क्षेत्र नम्बर ३ मा भने मतदान नै स्थगित भएको छ।

रुपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा हिरा केसी निर्वाचित भएका छन्। सोमवार भएको क्षेत्रीय अधिवेशनबाट केसी पुन निर्वाचित भएका हुन्। केसीले ३९६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी विश्वनाथ यादवले २१५ मत प्राप्त गरे। 

त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन्।  सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समूहकै हुन्। महाधिवेशन प्रतिनिधिको भने अझै टुंगो लागेको छैन।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए। सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। यादवको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घिमिरेले बताए।

त्यस्तै क्षेत्र नम्बर ५ मा वसिउल्लाह मुसलमान निर्विरोध चयन भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध चयन भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्।

त्यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन सकिए पनि मतगणना भएको छैन। वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ सभापति पदका लागि आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका छन्।

यो क्षेत्रमा ६ सय ८० मतदाता मध्ये ६ सय ६९ मत खसेको निर्वाचन अधिकृत टीका पौडेलले बताए।  काजीमान श्रेष्ठ टिमले मतगणना मंगलबारका लागि सार्न माग गरेपछि सहमतिमै मतगणना रोकिएको हो।

क्षेत्र नम्बर ३ मा मतदान नै स्थगित

रुपन्देहीको क्षेत्र नम्बर ३ मा भने मतदान नै स्थगित भएको छ। निर्वाचनका बिषयमा दुई समूहबीच बिवाद बढेपछि मतदान नै स्थगित गर्नुपरेको हो।

रामचन्द्र पौडेल समूहले मतदान बहिष्कार मतदान प्रक्रिया स्थगित गरिएको हो। दिउँसो २ बजेदेखि शुरु हुने भनिएको निर्वाचन साँझ ५ मात्रै शुरु भएपछि मतदानमा असुरक्षाको कारण देखाउदै क्षेत्रिय सभापति पदका उम्मेदवार मात्रिका प्रसाद यादवको समूहले मतदान मंगलबार गर्न आग्रह गरेको थियो। चर्को दबाब बिच मतदान सुरु भएपछि यादव समूहले उक्त मतदानलाई बहिष्कार गरी निर्वाचन स्थलबाट बाहिरिएको थियो।

यसअघि निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद भएपछि क्षेत्रीय सचिवका उम्मेदवार शैलैश पन्तसहित ५ जना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell