PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा एमाले मकवानपुरले गर्‍यो मोटरसाइकल र्‍याली



महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा एमाले मकवानपुरले गर्‍यो मोटरसाइकल र्‍याली

हेटौँडा : नेकपा (एमाले)को १० औँ महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा बृहत मोटरसाइकल र्‍याली गरिएको छ। चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा-४ को हुप्रचौरबाट शुरु भएको मोटरसाइकल र्‍यालीले हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको छ।

र्‍यालीमा हेटौँडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, वाग्मती, मनहरी, मकवानपुरगढी, भीमफेदी लगायतका स्थानीय तहबाट पनि नेता कार्यकर्ताहरु सहभागी भएका थिए। र्‍यालीमा करिब एक हजार मोटरसाइकल तथा साना गाडीहरु रहेको थियो।

र्‍यालीमा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष बद्री लम्साललगायत एमाले प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुसहित भातृ संगठनका जिल्ला प्रमुखहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell