PahiloPost

May 15, 2024 | २ जेठ २०८१

माओवादी केन्द्रका नेता रामचन्द्र झाले औपचारिक रुपमा गरे एकीकृत समाजवादी पार्टीमा प्रवेश



माओवादी केन्द्रका नेता रामचन्द्र झाले औपचारिक रुपमा गरे एकीकृत समाजवादी पार्टीमा प्रवेश

जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व मन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को तिनकौरीयामा आज आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता झासहित २ हजार ५ सय जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए। नेकपा (एमाले)बाट माओवादी केन्द्र हुँदै झा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। झालाई पार्टी प्रवेश गर्नु अघिनै एकीकृत समाजवादीले केन्द्रीय सचिवालयमा लाने निर्णय गरिसकेको छ।

यसैगरी, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रबाट बरिष्ठ दन्त चिकित्सक डा अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। डा झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष समेत रहिसकेका छन्।

पार्टी प्रवेशपछि जनसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुलुकमा संघीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताए।

नेपालले वर्तमान संविधानको रक्षा गर्दै मधेसी, आदीबासी तथा जनजातिको मागको संबोधन गर्नका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। पूर्व प्रधानमन्त्री नेपालले वर्तमान गठबन्धनको सरकार आउने चुनावसम्म कायम रहने बताउँदै गबन्धन गरेर नै चुनाव लड्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell