PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस महाधिवेशन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा कास्कीको कुन क्षेत्रमा को भए निर्वाचित?



कांग्रेस महाधिवेशन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा कास्कीको कुन क्षेत्रमा को भए निर्वाचित?

पोखरा : नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन कास्कीमा सकिएको छ। नयाँ नेतृत्व चयनका सोमवार निर्वाचनबाट कास्कीका ३ वटै क्षेत्रमा नेतृत्व चयन भएको छ।

कास्कीको क्षेत्र नम्बर १ को सभापति पदमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई ४ सय ५८ मत ल्याएर पराजित गरेका छन्। गुरुङले ३ सय ३० मत प्राप्त गरेका छन्।

यस्तै, सचिवमा सरोज केसीले ४ सय ५६ र ओमप्रकाश गुरुङले ४ सय १८ मत ल्याएर विजयी भएका छन्। सचिव पदमा प्रतिस्पर्धी रहेका शोभामोहन पौडेलले ३ सय २२ र जितेन्द्र गुरुङले १ सय ८८ मत ल्याएका थिए। सहसचिवमा सुजता गुरुङ ३ सय ७१ र मोती गिरी ३ सय ४५ मत ल्याएर विजयी भएका छन्।

यता, क्षेत्र नम्बर २ को सभापतिमा केशर प्रसाद निर्दोषी निर्वाचित भएका छन्। उनले २ सय ४७ मत ल्याउँदा प्रतिस्पर्धी पुण्डरी प्रसाद बरालले २ सय ३० मत ल्याएका छन्।

सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी विजयी भए। उनीहरुले क्रमशः २ सय ३० र २ सय २६ मत पाए। सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भएका छन्। खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे निर्वाचित भए।

यसैगरी, क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि विन्दुकुमार थापाले सर्वाधिक मत पाएका छन्। उनले ३ सय ६१ मत पाए। नेता देवराज चालिसेले ३ सय २३ मत प्राप्त गरे भने कुमार खड्काले २ सय ८८ मत प्राप्त गरे।

त्यस्तै, कास्की क्षेत्र नम्बर ३ को सभापतिमा मनोज गुरुङ निर्वाचित भएका छन्। गुरुङ तरुण दल कास्कीका अध्यक्ष समेत हुन्। उनले ३ सय ८३ मत ल्याउँदा प्रतिस्पर्धी खीमलाल बास्तोलाले ३ सय १७ मत ल्याएका थिए।

सचिवमा लेखबहादुर तामाङले ३ सय ४३ र लक्ष्मीप्रसाद पौडेलले ३ सय २७ मत ल्याएर विजयी भएका छन्। सहसचिवमा शीतल अधिकारीले ३ सय ६५ र आइन्दल गुरुङले ३ सय ३४ मत ल्याएर विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell