PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कतार विश्वकपका लागि एक वर्ष बाँकी रहँदा अझै बाँकी रहेका प्रश्नहरु!



कतार विश्वकपका लागि एक वर्ष बाँकी रहँदा अझै बाँकी रहेका प्रश्नहरु!
Sorin Furcoi/Al Jazeera

एसियाको मध्यपूर्वमा विश्वकप आउन अब एक वर्ष बाँकी छ। कतार विश्वकप २०२२ को उद्घाटन खेल नोभेम्बर २१, २०२२ मा मा दोहाबाट उत्तरी क्षेत्रमा रहेको अल-खोरस्थित अल-बायेत स्टेडियममा हुनेछ।

विश्वकपका लागि एक वर्ष बाँकी रहँदा विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका फुटबल समर्थकले उत्कृष्ट फुटबल हेर्न पाउने विश्वास ब्यक्त गरे।

'म यहाँ (कतारमा) देखिरहेको छु, यो देश विश्वभरबाट फुटबल समर्थकलाई स्वागत गर्न तयार छ। तर, सुधारको क्षेत्रमा जस्तो कि मानवअधिकार र श्रमिकहरुको कल्याणमा सुधार भएको पनि हेर्न चाहेको छु,' उनले भनेका छन्। 

केही दिनअघिमात्र फिफा अध्यक्ष तथा कतारी उच्च अधिकारीहरुको उपस्थितिमा दोहामा विश्वकपको 'काउन्टडाउन क्लक' लन्च गरिएको थियो।

प्रतियोगिता नजिकिँदै गर्दा यसलाई लिएर केही प्रश्नहरु पनि उब्जिएका छन्।

प्रतियोगिता कहिले हुँदैछ?

आगामी वर्षको नोभेम्बर २१ बाट सुरु भएको विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ, जुन कतारको राष्ट्रिय दिवस हो।

विश्वकपका लागि कति टिम छनोट भए?

आयोजक कतारसहित १३ वटा देशहरु छनोट भएका छन्। जसमा अर्जेन्टिना, बेल्जियम, ब्राजिल, क्रोएसिया, डेनमार्क, इङ्ग्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, कता, सर्विया, स्पेन र स्वीजरल्याण्ड रहेका छन्।

कहिले हुन्छ विश्वकपको ड्र?

२०२२ अप्रिल १ मा कतारको राजधानी दोहामा ड्र हुनेछ। विश्वकपमा छनोटभएका टिमहरु ८ समूहमा बाँडिनेछन्।

कति स्टेडियम तयार भए?

कतार विश्वकप २०२२ आठवटा स्टेडियममा खेलाइनेछ। जसमध्ये पाँचवटा स्टेडियमको कतारले उद्घाटन गरिसकेको छ। फाइनल खेल खेलाइने भनिएको लुसेइल स्टेडियम अर्को वर्ष उद्घाटन गरिनेछ।


विश्वकप २०२२ को फाइनल खेल हुने लुसाइल स्टेडियम निर्माण हुँदै। फाइल फोटो: अलजजिरा


विश्वकप आयोजनाको जिम्मा पाएपछि कतारसामु के-के चुनौती आइपर्‍यो?

विश्वकप आयोजनाको जिम्मा पाएसँगै कतारले 'विडिङ' को प्रकृयामा भ्रस्टाचार गरेको आरोप लागेको थियो। त्यस्तै कतारमा उच्च तापमानका कारण प्रतियोगिताको मिति नोभेम्बर/डिसेम्बरको महिनामा सर्‍यो। जसको दवाब विश्वभरका लिग तालिकालाई पर्‍यो।

पछिल्लो समय विश्वकप हेर्न आउने दर्शकहरुले होटलको अभाव हुनसक्ने भन्दै चर्चा चलिरहेका छन्।

आप्रवासी कामदारमाथि कतारको व्यवाहार र मानवअधिकार उल्लङघनलगायतका विषयमा पनि कतारको आलोचना हुँदै आएको छ।

कुनै टिमले प्रतियोगिता बहिस्कार गर्ने सम्भावना छ?

यो वर्षको सुरुमा नेदरल्याण्ड्स, नर्वे, डेनमार्क र जर्मनीले कतारको आप्रवासी कामदारमाथिको व्यवाहारलाई लिएर मैदानमै विरोध जनाएका थिए। यद्यपि अहिले विश्वकप बहिस्कारसँग सम्बन्धित कुराहरु चर्चामा आएका छैनन्।

कतारमा के छ कोरोनाको अवस्था?

कतारमा २ लाख ४० हजारभन्दा बढी कोभिड संक्रमणका केसहरु पुष्टि भएका छन् जसमा ६११ जना बढीको निधन भइसकेको छ।

यद्यपि स्वास्थ सुरक्षामा कडाइ र भ्याक्सिनेसनका कारण संक्रमणदर भने पछिल्लो समय घटेको देखिन्छ। हाल दैनिक औसत १५० जनामा संक्रमण देखिँदै आएको छ।

कतार विश्वकपमा कोभिडविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाईमात्र प्रवेश अनुमति दिने कतारको तयारी छ।

के विश्वकपमा मदिरा अनुमति दिइन्छ?

कतारमा सामान्यत मदिरा पाइदैन। यद्यपि लाइसेन्सप्राप्त होटल, रेस्टराँहरुमा वयस्क, गैरमुस्लिम ग्राहकहरुका लागि मदिराको अनुमति भने छ। विश्वकपलाई लिएर फ्यान जोन र होटलहरुमा मदिरा अनुमति दिइने बताइएको छ।

अलजजिराबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell