PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादी केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु



माओवादी केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बुटवल : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे(टंकमणि)को मृत्यु भएको छ। मोटरसाइकलमा दुर्घटनामा परी मंगलबार राति उनको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले जितपुरमा उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भीर घाइते भएका छन्। घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

बन्जाडे अखिल क्रान्तिकारीका पूर्व महासचिवसमेत थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell