PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'एक भिलेन रिटर्न्स'मा दिशा पटानी एक्सन अवतारमा देखिँदै



'एक भिलेन रिटर्न्स'मा दिशा पटानी एक्सन अवतारमा देखिँदै

बलिउड अभिनेत्री दिशा पाटनी यतिखेर फिल्म 'एक भिलेन रिटर्न्स' लाई लिएर चर्चामा छिन्। प्राय लभ स्टोरी फिल्ममा देखिने दिशा पहिलोपटक एक्सन अवतारमा देखिन लागेकी हुन्।

यो फिल्म सन् २०११ मा रिलिज भएको श्रद्धा कपुर र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘एक भिलेन' को  सिक्वेल फिल्म हो। उनी अहिले यसै फिल्मको छायाङ्कनमा व्यस्त छिन्।

सस्पेन्स थ्रिलर फिल्ममा फिल्मको कथामा 'ट्विस्ट एण्ड टर्न' रहेको बताइएको छ। फिल्ममा धेरै चुनौतिपुर्ण दृश्यहरु समावेश गरिनेछ। जसकारण दिशाले एक्सन स्टन्ट आफैं गर्न तालिम लिइरहेको र कडा मिहिनेत गरिरहेको भारतीय मिडियामा उल्लेख छ।

बालाजी मोशन पिक्चर्स र टी-सिरिजको निर्माण रहेको यस फिल्ममा मोहित सुरीको निर्देशन छ। फिल्ममा दिशा पटानीका साथै अर्जुन कपुर, जोन अब्राहम र तारा सुतारिया लगायतका कलाकारहरुको अभिनय रहेको छ।

दिशा पटानी यसबाहेक एकता कपुरको फिल्म ‘के टीना’ मा पनि मुख्य भूमिकामा देखिनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell