PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

प्रदेश २ को प्रदेशसभाले गर्‍यो आठौँ अधिवेशनको आह्वान, प्रदेशको नामाकरण र राजधानी तय गर्ने तयारी



प्रदेश २ को प्रदेशसभाले गर्‍यो आठौँ अधिवेशनको आह्वान, प्रदेशको नामाकरण र राजधानी तय गर्ने तयारी

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाले आठौँ अधिवेशनको आह्वान गरेको छ। लामो समयदेखि बस्न नसकेको प्रदेश सभाको बैठक प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै यही मंसिर २९ गतेको लागि आह्वान गरेको हो।

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपदफा १ बमोजिम २९ गते बिहान ११ बजे बैठक बोलाइएको सूचनामा उल्लेख छ।

यसअघि सातौँ अधिवेशन तीन वटा बैठक मात्र बसेर अन्त्य भएको थियो। अब बस्ने आठौँ अधिवेशनमा प्रदेशको नामाकरण र राजधानी तय गर्ने सरकारको तयारी छ।

प्रदेशको नामाकरण र राजधानी तोक्न प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्ताव एक पटक असफल भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell