PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

स्थायी कमिटीमा भीम रावलको फरक मत : कैलाली क्षेत्र नम्बर २ बाट स्वेच्छाचारी किसिमले प्रतिनिधि चुनियो



स्थायी कमिटीमा भीम रावलको फरक मत : कैलाली क्षेत्र नम्बर २ बाट स्वेच्छाचारी किसिमले प्रतिनिधि चुनियो
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले फरक मत प्रस्तुत गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएको भन्दै उपाध्यक्ष रावलले सो निर्णय बदर गर्न माग गर्दै स्थायी कमिटीमा फरक मत प्रस्तुत गरेका हुन्।

सो स्वेच्छाचारी निर्णयको विरोध गर्दै १ हजार २२३ पार्टी सदस्यहरुको हस्ताक्षरसहित उक्त अनियमित कार्य बदर गरी विधिवत् निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको रावलले बताएका छन्। उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभागको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको रावलको गुनासो छ।

सो अनियमित र गलत कार्य बदर गरी विधिसम्मत प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति आफूले फरक मत दर्ज गरेको उनले बताएका छन्।

यस्तो छ रावलद्वारा प्रस्तुत फरक मत :

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्वन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य बदर गरी विधिवत् निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएकोमा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभागको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्मत प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell