PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आगामी चुनावमा जनमत पार्टीको मुख्य एजेन्डा घरघरमा रोजगारी : सिके राउत



आगामी चुनावमा जनमत पार्टीको मुख्य एजेन्डा घरघरमा रोजगारी : सिके राउत

वीरगंज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले पार्टीको आगामी चुनावमा मुख्य एजेन्डा घरघरमा रोजगारी रहने बताएका छन्। पर्साको पोखरीया बजारमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष राउतले आफ्नो पार्टीको घोषणा पत्रबारे सर्वसाधारणलाई जानकारी गराएका छन्।

उनले देशमा गरिबी न्यूनीकरण गरी घरघरमा रोजगारी दिएर मधेसलाई समृद्ध र विकास गर्ने पार्टीको धारणा रहेको बताएका छन्। उनले घरघरमा रोजगारी दिने योजनाको पार्टीका नेताहरुले ‘ब्लुप्रिन्ट’ बनाइसकेको र त्यही लिएर मत माग्न चुनावमा आउने बताए।

उनले मधेसमा सञ्चालन हुने अधिकांश उद्योगमा भारत र पहाडका व्यक्तिले काम गरिरहेको तर आफ्नो पार्टीले जितेपछि मधेसमा सञ्चालनमा रहेको उद्योगहरुमा कम्तिमा ८० प्रतिशत मजदुर यस क्षेत्रबाट राख्नु पर्ने नीति ल्याउने पनि बताए। साथै, देशमा जनता राज स्थापनाको लागि जनमत पार्टीको विकल्प नरहेको चर्चा गर्दै आगामी चुनावमा आफ्नो नेताहरुलाई जिताउन उनले अपिल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell