PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित



सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो।

तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको छ।

जिल्ला सभापति नरनारायण शाह (मनु)ले सभापतिका आकांक्षीहरू बढी भएपछि त्यसको व्यवस्थापनमा पनि समय लाग्ने भएकाले जिल्ला अधिवेशन पर सारिएको बताए। कैलालीमा जिल्ला सभापतिका लागि ६ जनाले दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell