PahiloPost

May 14, 2024 | १ जेठ २०८१

कांग्रेस महाधिवेशन : पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित



कांग्रेस महाधिवेशन : पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित

बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले सभापतिका अर्का आकांक्षी कृष्णप्रसाद बस्याललाई ४ सय ३० मतान्तरले पराजित गरेका हुन्।

कुल एक हजार ३१३ मतमध्ये श्रेष्ठले ८९० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै, उपसभापतिमा झपेन्द्र गैरे र ज्ञानबहादुर गाहा निर्वाचित भएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिए।

गैरे ७५४ र गाहा ७७३ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शंकर खनालले ३६४ मत ल्याएका छन्। सचिवमा सुनिता अधिकारी ७८५ मत र सन्तोष थापा ८०७ मतसहित विजयी भएका छन्।

त्यस्तै, सह-सचिव पदमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन्। थापाले ७४३ र मियाले ६४१ मत प्राप्त गरी विजयी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell