बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही सभापतिमा रामकृष्ण खाँण चयन भएका छन्। वर्तमान जिल्ला सचिव रामकृष्ण खाँण निर्विरोध सभापति चयन भएका हुन्। रामकृष्ण गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका भाइ हुन्।
खाँणको बाहेक कसैको पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन्। रामकृष्ण दुई कार्यकाल कांग्रेस रूपन्देहीको सचिव भएका थिए।
त्यस्तै, उपसभापतिमा पनि थानेश्वर घिमिरे र अनिता ढुंगाना शाह निर्विरोध चयन भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए।
घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका हुन भने खाँण र ढुंगाना संस्थापन पक्ष निकट मानिन्छन्। ढुंगाना सार्वजनिक लेखा समितिका सभापति तथा रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य भरत कुमार शाहकी पत्नी हुन्।