PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

एमाले महाधिवेशनको बन्दसत्रमा ढपक्कै ढाका टोपी

एमाले महाधिवेशनको बन्दसत्रमा ढपक्कै ढाका टोपी


चितवन : नेकपा (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्दसत्र भइरहेको छ। बन्दसत्रमा नेताहरु आ-आफ्नो इच्छा, आकांक्षा र उद्देश्यका साथ उपस्थित छन्।

बन्दसत्रमा एउटा रोचक पक्ष भनेको उपस्थित अधिकांश नेताहरुले ढाका टोपी लगाएका छन्। विशेषगरी अग्रस्थानमा बसेका अधिकांशको टाउकोमा टोपी देखिन्थ्यो।

मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली सदाझैँ कालो टोपीमा देखिए। अधिकांश नेताको टाउकोमा टोपी देखिँदा एमाले उपाध्यक्ष भीम रावलको शिर भने खाली थियो।



ट्रेन्डिङ पोस्ट

Ncell