चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रातभर सर्वसम्मत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न पहल गर्ने भएका छन्। शनिवारको ओलीको पहल असफल भएको थियो।
विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारेर भोलि प्रस्तुत गर्ने बताए। चित्त नबुझ्नेले उम्मेद्वारी दिनसक्ने उनले बताए।
‘अब सबै भोलि हुन्छ। चित्त नबुझाउनेले चुनावमा लान सक्छन्,’ उनले भने।
अध्यक्षमा दाबी गरिरहेका भीम रावलले भने सूची प्रस्तुत गर्ने ओलीलाई अधिकार दिएकोमा विरोध जनाएका छन्। भोलि मनोनयन र निर्वाचन प्रक्रिया शुरु हुने एमालेले जनाएको छ।