PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय सरकारी अधिकारीहरूले नोएडा विमानस्थल भन्दै बेइजिङ ड्याक्सिङ विमानस्थलको तस्बिर सेयर गरेपछि...



भारतीय सरकारी अधिकारीहरूले नोएडा विमानस्थल भन्दै बेइजिङ ड्याक्सिङ विमानस्थलको तस्बिर सेयर गरेपछि...
Photo: @shen_shiwei/Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर २५ मा उत्तर प्रदेशको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरे। विमानस्थलको पहिलो चरणको काम सन् २०२४ सम्ममा पूरा गर्ने लक्ष्य लिइएको छ। यो विमानस्थल भारतमा सबैभन्दा ठूलो विमानस्थल हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्

यसै सन्दर्भमा, नोएडा विमानस्थलको मोडेल डिजाइनको रूपमा बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको मोडल सोसल मिडियामा छाएको छ। यतिसम्मकी उत्तर प्रदेशका उपमुख्यमन्त्री र भारत सरकारका मन्त्रीहरुले समेत बेइजिङ ड्याक्सिङ विमानस्थललाई नोएडा विमानस्थल भन्दै प्रचार गर्न भ्याए। उनीहरुले एसियाकै सबैभन्दा ठूलो विमानस्थल भन्दै उक्त फोटो सोसल मिडियामा सेयर गरेका थिए।

भारत सरकारका उच्चपदस्थ व्यक्तिहरुको यस्तो असावधानीलाई धेरैले खिल्ली उडाइरहेका छन्। चीनका एक पत्रकारले समेत भारतीय सरकारी अधिकारीहरूको असावधानीलाई व्यंग्य गर्दै ट्विट गरेका छन्।

‘भारतीय सरकारी अधिकारीहरूले आफ्नो 'पूर्वाधारको उपलब्धि'को प्रमाणको रूपमा चीनको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको तस्बिरहरू प्रयोग गर्नुपर्‍यो भन्ने थाहा पाउँदा छक्क परेँ,’ शेन शिवाईले ट्विटरमा लेखेका छन्।

 

तर, भाइरल भएको फोटो नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको मोडल डिजाइन होइन। यो चीनको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell