काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरको जिल्ला अधिवेशन पुनः हुने भएको छ। सभापतिका उम्मेद्वारहरुको स्पष्ट बहुमत आउन नसक्दा पुनः निर्वाचन गर्न लागिएको बताइएको छ।
ललितपुर जिल्ला सभापतिमा रामकृष्ण चित्रकार, जितेन्द्र कुमार श्रेष्ठ र मीन कृष्ण महर्जनको उम्मेद्वारी परेको थियो। आज भएको जिल्ला अधिवेशनमा चित्रकारको ५०४, श्रेष्ठको ४८२ र महर्जनको ३३६ आएको थियो।
तीनै जना उम्मेद्वारहरुको स्पष्ट बहुमत आउन नसकेकोले अधिकतम मत प्राप्त गर्ने चित्रकार र श्रेष्ठबीच भोलि पुनः निर्वाचन हुनेछ। निर्वाचन भोलि बिहान ८ बजेदेखि आजकै मतदान स्थलमा हुने बताइएको छ।