PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश मन्त्रीमाथि सर्लाहीमा आक्रमण, सुरक्षाकर्मीले चलाए गोली



सुमित मिश्र

कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश मन्त्रीमाथि सर्लाहीमा आक्रमण, सुरक्षाकर्मीले चलाए गोली

सर्लाहीः नेपाली कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्रीमाथि आक्रमण भएको छ। बलरा नगरपालिका ९ मा भइरहेको अधिवेशनमा पुगेका मन्त्री वीरेन्द्र सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्। 

अधिवेशन भइरहेको वडा कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँ हो। साँझ करिब ६ बजेतिर घटना भएको हो। 

मन्त्रीलाई आक्रमण भएपछि उनका सुरक्षागार्डले गोली चलाएका छन्। सुरक्षागार्डमाथि पनि रड प्रहार भएको छ। 

गोली चलेपछि अधिवेशन स्थगित गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell