PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

एमाले महाधिवेशन : सहमति नभएपछि जारी भयो निर्वाचन कार्यतालिका, भोलि मतदान



एमाले महाधिवेशन : सहमति नभएपछि जारी भयो निर्वाचन कार्यतालिका, भोलि मतदान

सौराह : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिनभरको प्रयासको बावजुद् नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

पार्टीका उपाध्यक्ष डा भीम रावलले सहमतिका नाममा आफू अध्यक्षको उम्मेद्वारीबाट पछि नहट्ने अडान राखेपछि एमाले महाधिवेशन निर्वाचन समितिका संयोजक डा विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार भोलि सोमबार मतदान हुने उल्लेख गरिएको छ। सहमति हुन नसकेका पदहरुमा मात्र भोलि मतदान हुने एमाले निर्वाचन समितिले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell