PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीको ३०१ केन्द्रीय कमिटीमा नपरेपछि बन्दसत्र स्थलबाट बाहिरिए दुर्गा प्रसाईं, भने : त्यसैले चुनाव गरौँ चुनाव गरौँ भनेको



ओलीको ३०१ केन्द्रीय कमिटीमा नपरेपछि बन्दसत्र स्थलबाट बाहिरिए दुर्गा प्रसाईं, भने : त्यसैले चुनाव गरौँ चुनाव गरौँ भनेको

सौराह : व्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाई सौराहमा जारी १० औं महाधिवेशनको बन्दसत्र स्थलबाट बाहिरिएका छन्।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाएका थिए। उक्त सूचीमा प्रसाईको नाम थिएन।

आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट बाहिरिएका हुन्। बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ। त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको।’

आइतवार प्रसाईले बन्दसत्र स्थलमा दिएको अन्तर्वार्ता सामाजिक संजालमा भाइरल भएको थियो। भिडियोमा प्रसाईले बन्दसत्रमा आएर कार्ड भिरेर बस्ने बाहेक अरु केही काम नभएको र निर्वाचन हुनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell