PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमालेमा अध्यक्षसहित यी पदमा निर्वाचन हुने निश्चितः १० क्लष्टरमा चुनाव हुने, मध्यरातबाट मतदान



एमालेमा अध्यक्षसहित यी पदमा निर्वाचन हुने निश्चितः १० क्लष्टरमा चुनाव हुने, मध्यरातबाट मतदान

  • नेत्र तामाङ/प्रकाश भण्डारी-

चितवनः नेकपा (एमाले) को नेतृत्वका लागि मतदान हुने निश्चित भएको छ। केन्द्रीय निर्वाचन आयोगले तोकेको समयमा उम्मेद्वारी फिर्ताको सहमति नभएपछि निर्वाचन हुने भएको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ। 

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत भएको छ। अनुशासन र लेखा आयोगमा पनि सर्वसम्मत सहमति भएको छ। 
यस्तै, उपाध्यक्षमा पनि चुनाव हुने भएको छ। उपाध्यक्षमा ६ जनाका लागि सात जनाको मनोनयन परेको छ। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ। ७ मध्ये ६ जना निर्वाचित हुनेछन्। 

यस्तै, सचिवमा साता जनाका लागि ९ जनाको उम्मेद्वारी परेको छ। जसमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टबीच प्रतिस्पर्धा हुनेछ। 

यस्ते, प्रदेशका भूगोलतर्फ निर्वाचन हुने भएको छ। प्रदेश १ को खुला सदस्य ६ जनाका लागि ७ जनाको उम्मेद्वारी परेको छ। यस्तै, महिलामा ३ जनाका लागि ४ जनाको उम्मेद्वारी परेको छ। 

यस्तै सुदूरपश्चिम प्रदेशको महिला केन्द्रीय सदस्यमा पनि निर्वाचन हुने भएको छ। तीन सदस्यका लागि ५ जनाको उम्मेद्वारी परेको छ। 

यस्तै, समावेशी क्षेत्रमा दलित सदस्यको ८ जनाको लागि ९ जनाको मनोनयन परेको छ। यसमा पनि निर्वाचन हुनेछ। यस्तै, थारु क्लष्टरमा ५ खुला सदस्यका लागि ६ जनाको प्रतिस्पर्धा हुनेछ। पिछडिएको क्षेत्रको खुला ३ सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ। खुला केन्द्रीय सदस्य ८४ जनाका लागि १०० जनाको नामावली रहेको छ। 

चुनाव हुने दश क्लष्टरबाट १५३ जना उम्मेद्वार छन्।

यसैबीच, मतदानको समय पुनः सरेको छ। यसअघि राति ९ बजेदेखि बिहान ३ बजेको लागि तय भएको मतदान अब बिहान २ बजे देखि ८ बजेसम्मको समयमा हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell