PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भीम रावल, घनश्याम भुसाललगायतलाई मत नहाल्न उर्दी गर्दै ओली पक्षले बाँड्यो यस्तो सूची



भीम रावल, घनश्याम भुसाललगायतलाई मत नहाल्न उर्दी गर्दै ओली पक्षले बाँड्यो यस्तो सूची

सौराह : नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान शुरु भएको छ। मंगलवार बिहान ४ बजेबाट होटलको इलाफेन्ट हलमा मतदान शुरु भएको हो। अध्यक्षका उम्मेद्वारद्वय केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन्।

अहिलेसम्म ८०० बढीले मतदान गरिसकेको एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ। यतिबेला मतदाताहरु लामबद्ध छन्। यही लाममा ओली पक्षका नेताहरुले भीम रावललगायतलाई मत नहाल्न उर्दी जारी गर्दै रेजा लगाएको सुची बाँडेको छ।

यसैगरी मतदातालाई प्रभावित पार्न ओली पक्षले मत हाल्नै नहुने भन्दै भीम रावललगायतको सूची बाँडिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell