PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

टीके महाधिवेशनको अनुष्ठान



रवीन्द्र मानन्धर

टीके महाधिवेशनको अनुष्ठान

बालकोटमै तय भएको सूची कोटको खल्तीमा राखेर सौराह पुगेपछि टीका मात्र लगाउने सोच बनाएका थिए पार्टी अध्यक्ष केपी ओलीले। उनको सोचलाई भीम रावलको 'दवंग' पाराले उत्तानो पार्‍यो। बाजिगर बन्दैछन् रावल - हारेर पनि 'जित' मिल्दैछ अडानको। उनका पछि लाग्नेहरुको पनि हविगत उस्तै हो। टीका थाप्नेहरु ओलीको जयजयकारमा उत्रिने छन्। नपाउनेहरुले दुईचार दिन घुर्की लगाउन्। त्यत्ति न हो - अब एमाले अधिवेशनको अनुष्ठान सम्पन्न हुँदैछ। सर्वसम्मत बन्ने रहर भताभुङ्ग भएपछि अब ओलीले भन्नेछन् - देख्यौं एमाले जति लोकतान्त्रिक पार्टी कुनै छ? चुनावै भयो त। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell