PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेस वाग्मती प्रदेशको महामन्त्रीमा उम्मेद्वारी दिने ‘माईकल’को घोषणा



कांग्रेस वाग्मती प्रदेशको महामन्त्रीमा उम्मेद्वारी दिने ‘माईकल’को घोषणा

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल (माईकल)ले पार्टीको वाग्मती प्रदेश महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन्। यसअघि उनले सभापतिमा इच्छा देखाएका थिए।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर १६ र १७ गते हेटौँडामा हुने वाग्मती प्रदेशको अधिवेशनमा संस्थापनइतर समूहबाट माइकलले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन्।

‘संस्थापनइतरबाट नेतृत्व प्रदान गर्न नेताहरुसँग सल्लाह गरेर मैले उम्मेद्वारी घोषणा गरेको हु,’ उनले भने।

हेटौँडामा मंगलवार पत्रकार सम्मेलन गर्दै उनले नजिकिँदै गरेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न र संघीयताअनुसार पार्टी संरचना विकास गर्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए। उनले सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन्।

यसअघि, हालै हेटौँडामा क्रियाशील सदस्यहरुको भेलामा नेपाली कांग्रेस मकवानपुरका पूर्व जिल्ला सभापति तथा वर्तमान जिल्ला कमिटी प्रमुख सल्लाहकारसमेत रहेका अर्यालले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका थिए।

२०४६ सालको आन्दोलनमा अग्रपंक्तिमा रहेर मोर्चा सम्हालेका नेता अर्यालले कांग्रेसमा देखिएको गुटगत राजनीतिलाई पन्छाएर सम्पूर्ण कांग्रेसजनलाई एउटै चारतारे झण्डाको छातामुनि ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। नेता अर्यालले नेपाली कांग्रेसभित्रको गुटको दम्भका कारण गत स्थानीय निर्वाचनमा कांग्रेसले हार व्यहोर्नुपरेको स्मरण गर्दै आगामी स्थानीय निर्वाचनमा यस्तो अवस्था आउन नदिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell