PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विवाहपञ्चमी महोत्सवको तयारीमा जुट्न सरोकारवाला निकायहरुलाई मुख्यमन्त्री राउतको निर्देशन



विवाहपञ्चमी महोत्सवको तयारीमा जुट्न सरोकारवाला निकायहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्।

प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरुसहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको धरोहर रहेको विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिएका हुन्।

महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिवद्धता समेत जनाए।

त्यसैगरी, सरसफाईमा सहयोग गर्न सुरक्षा निकायका साथै स्थानीय सघसंस्थाहरुलाई समेत मुख्यमन्त्री राउतले आग्रह गरे। विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारकोतर्फबाट मुल नाकाहरुमा प्रवेशद्वार निर्माण गर्नका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिए।

बैठकमा उद्योग, पर्यटन तथा बनमन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली सेनाका सहायक रथी शिशिरचन्द्र केसी, नेपाल प्रहरीका डीआइजी उमेश रञ्जितकार, सशस्त्र प्रहरीका डीआइजी गणेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोसी, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेलगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell