PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तीन दिनमा विमानस्थलबाट समातियो ४७ किलो सुन, भन्सार तिर्दै सुन लग्दै



तीन दिनमा विमानस्थलबाट समातियो ४७ किलो सुन, भन्सार तिर्दै सुन लग्दै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिनमा ठूलो परिमाणमा सुन समातिएको छ। भन्सार कार्यालयले तीनदिनमा ४७.१६ किलो सुन समातेको हो।

विदेशबाट आउने यात्रुले गहना बाहेकका सुन ल्याउन थालेपछि कार्यालयले चेकिङ कडा बनाएको छ।

पहिलो दिन सोमबार २१ किलो, दोस्रो दिन मंगलबार ११ किलो र तेस्रो दिन बुधबार १५.१६ किलो सुन समातिएको हो।

केही व्यक्तिले भन्सार तिरेर सुन लगिसकेका छन् भने केही व्यक्तिले लैजान बाँकी छ।

बुधबार ४१० जनाले १५.१६ किलो सुन ल्याएका थिए। यी मध्ये १३.१२ किलो सुनको भन्सार तिरिसकेका छन्। जसबाट १ करोड २६ लाख ८७ हजार भन्सार महसुल जम्मा भएको छ। भन्सार कार्यालयले १ हप्ता अघि विदेशबाट फर्किने यात्रुले के ल्याउन पाउने र के ल्याउन नपाउने सुचना जारी गरेको थियो।

गहना नबनाई काँचो सुनको तार बनाई हातमा बानेर ल्याउन थालेपछि सरकारले भन्सार नाकामा कडाई गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell