
विचार कसको कता मिल्छ भन्न सकिन्न - राजनीति न पर्यो। छेपारे राजनीति नेपालमा व्याप्त छ। त्यही देखियो राप्रपाको महाधिवेशनमा। महाधिवेशनको उद्घाटमा प्रचण्डले गोत्र मिल्ने बताउँदै राप्रपासँग नजिकको नाता सुनाए। सीपी मैनालीले महेन्द्र गाथा गुन्गुनाए। कमल थापाले राजतन्त्रको गाना गाए - गणतन्त्रवादी नेताहरुलाई सम्बोधन गर्दै। हिंसा, आतंक र भय त राजनीतिको अभिन्न अंग नै बनिसके। अनि डकैत गर्नेले विचार मिल्ने समूहका रुपमा यिनलाई नठम्याउन किन? कि ककसो?