PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस गण्डकी प्रदेश अधिवेशन : सभापतिको उम्मेद्वार बन्न ९१ हजार, केन्द्रले तोकेभन्दा ६ गुणा बढी



कांग्रेस गण्डकी प्रदेश अधिवेशन : सभापतिको उम्मेद्वार बन्न ९१ हजार, केन्द्रले तोकेभन्दा ६ गुणा बढी

पोखरा : देश संघीयतामा गएपछि नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनले देशभर राजनीतिक सरगर्मी बढेको छ। पहिलो पटक गठन हुन गइरहेको कांग्रेसको प्रदेश कमिटी नेतृत्वका लागि प्रदेशमा निर्वाचनको तयारी भइरहेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट आज प्रदेशको अधिवेशन उद्घाटन गरिसकेका छन्। नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन समितिले विभिन्न पदको उम्मेद्वारीका लागि दस्तुर तोकेको छ।

गण्डकी प्रदेशमा भने निर्वाचन समितिले निर्धारण गरेको भन्दा ६ गुणा बढी दस्तुर तोकिएको छ। गण्डकीमा प्रदेश सभापतिका लागि ९१ हजार रुपैयाँ, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यमा उम्मेद्वारी दिन ३१ हजार रुपैयाँ उम्मेद्वारी दस्तुर तोकिएको हो।

निर्वाचनस्थल बनाइएको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज उद्घाटन समारोहमा सार्वजनिक गरिए अनुसार प्रदेशमा केन्द्रीय समितिले तोकेको भन्दा बढी दस्तुर राखिएको हो।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सभापतिका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ११ हजार दस्तुर तोकेको छ। यस्तै, सदस्यका लागि ५ हजार रुपैयाँ तोकेको छ। उद्घाटन समारोहमा तोकिएको भन्दा चर्को शुल्क लिन खोजिएको भन्दै विरोध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell