PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पर्सामा कांग्रेसको क्षेत्रीय अधिवेशन : अरविन्द कुमार गुप्ता, महम्मद सहाबुद्दिन र श्रीकिशुन चौहान सभापतिमा निर्वाचित



पर्सामा कांग्रेसको क्षेत्रीय अधिवेशन : अरविन्द कुमार गुप्ता, महम्मद सहाबुद्दिन र श्रीकिशुन चौहान सभापतिमा निर्वाचित

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्साको क्षेत्रीय अधिवेशनमा पर्सा क्षेत्र नम्बर १ मा अरविन्द कुमार गुप्ता, क्षेत्र नम्बर २ मा महम्मद सहाबुद्दिन र क्षेत्र नम्बर ३ मा श्रीकिशुन चौहान सभापति पदमा निर्वाचित भएका छन्।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा तीन क्षेत्रमा भएको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्। यसअघि पर्सा क्षेत्र नम्बर ४ बाट श्रीकान्त यादव निर्विरोध निर्वाचित भएका थिए।

पर्सा क्षेत्र नम्बर १ को सचिवमा विनय कुमार गुप्ता र हरिप्रसाद यादवसहित २३ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, इम्तियाज आलम, अनिल रूङ्गटा, राजकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाश कुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया खुला क्लस्टरमा निर्वाचित भएका छन्। त्यस्तै, महाधिवेशन प्रतिनिधिको मुस्लिमतर्फ फिरोज खाँ, आदिवासी जनजातिमा आदित्य प्रकाश प्रधान, मधेसीमा मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, मधेसी महिलामा मिन्टुदेवी सिंह, अनामिका देवीलगायत निर्वाचित भएको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रदीप कुमार जैसवालले जानकारी दिए।

नगर क्षेत्रबाट मत नपाएर ग्रामीण भेगका पुराना नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पर्सा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा जतन राउत कुर्मी, ब्रह्मदेव राउत कुर्मी, द्वारिका महतो, हबिब मियाँले हार व्यहोर्नु परेको छ।

त्यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट वैकुण्ठ श्रीवास्तवलाई पराजित गर्दै सभापतिमा महम्मद सहाबुद्दिन विजयी भएका छन्। उनको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने १७ सदस्यीय महाधिवेशन प्रतिनिधि मण्डल निर्वाचित भएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तिर्थराज यादवले जानकारी दिए।

उनका अनुसार महाधिवेशन प्रतिनिधिमा रामरूप प्रसाद कुर्मी, राकेश सिंह, अनिल प्रसाद शर्मा, दीनाप्रसाद गुप्ता, लोकनारायण यादव, प्रेमचन्द दुबे, नितेन्द्र प्रसाद साह, श्याम पटेल, राजेश्वर प्रसाद साह तेलीलगायत निर्वाचित भएका छन्।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

त्यसैगरी, क्षेत्र नम्बर ३ को सभापतिमा भगवति चौधरीलाई पराजित गर्दै श्रीकिशुन चौहान विजयी भएको निर्वाचन अधिकृत छोटेलाल प्रसादले जानकारी दिए। उनका अनुसार २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २५ सदस्यीय महाधिवेशन प्रतिनिधि मण्डल निर्वाचित भएको छ।

क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोक कुमार गुप्ता, दिनेश कुमार चौधरी, जनार्दनसिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेश प्रसाद कुर्मी, उमेश कुमार चौधरी, रामजनम चौधरीलगायत निर्वाचित भएका छन्।

यसपालिको पर्साको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले अधिकांश पदमा विजयी हात पारेका छन् भने उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले न्यून पदमा जित निकाल्न सफल भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell