PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

सर्ट फिल्म ‘थर्ड आई’ बन्ने



सर्ट फिल्म ‘थर्ड आई’ बन्ने

काठमाडौं : आशुतोष फिल्म्स् प्रोडक्सनको ब्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ। आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा शुभमुहुर्त गरिएको छ।

फिल्मले विश्वमा रहेका दृष्टिविहीनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहीन हुन नपाउने कथा देखाउनेछ।

लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेललगायत कलाकारको अभिनय रहनेछ।

मंसिर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने बताइएको छ। फिल्ममा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन रहेको छ।

फिल्ममा आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद छ। फिल्ममा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell