PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा शून्य मृत्यु



कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा शून्य मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २२३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ जनाको परीक्षण गर्दा २२३ जनामा संक्रमण देखिएको हो।

यस्तै, ३४७ जना संक्रमण मुक्त भएका छन्। ८ लाख ३ हजार ७१६ जनालाई हालसम्म संक्रमण निको भएको मन्त्रालयले जनाएको छ।

धेरै महिनापछि कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या शून्य पुगेको छ।  हालसम्म ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell