PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

त्रेतायुग स्मरण गराउने विवाह पञ्चमी, झकिझकाउ बन्यो मिथिला नगरी

त्रेतायुग स्मरण गराउने विवाह पञ्चमी, झकिझकाउ बन्यो मिथिला नगरी

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : सप्ताहव्यापी रूपमा मनाइने राम जानकी विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ।

त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिन लागिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell