PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस अधिवेशन : महोत्तरीमा पनि विवाद, क्षेत्र नंम्बर ३ का मतदान अधिकृतले दिए राजीनामा



सुमित मिश्र

कांग्रेस अधिवेशन : महोत्तरीमा पनि विवाद, क्षेत्र नंम्बर ३ का मतदान अधिकृतले दिए राजीनामा

जनकपुरधाम : नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन गराउने जिम्मा पाएका मतदान अधिकृतले राजीनामा दिएका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अपहरण गरी प्रमाणपत्र लिएकोले त्यसलाई रद्द गर्न माग गर्दै मतदान अधिकृत धीरेन्द्र मण्डलले राजीनामा दिएका हुन्।

गत मंसिर १५ गते सहमति मार्फत् क्षेत्रीय अधिवेशन गर्ने सहमित भए पनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन अन्तर्गत बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्रको क्रममा होहल्ला भएपछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले जनाएका छन्।

उनले विज्ञप्ति जारी गर्दै शुक्रवार साँझ एक समूहले जनकपुरधाम वडा नम्बर ८ मा रहेको घरबाट अपहरण गरेर आफूखुशी अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका हुन्। त्यहाँ क्षेत्रीय अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएको मण्डलले जनाएका छन्। 

.महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ। क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भइसकेका छन्।

यसअघि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को अधिवेशनको क्रममा गत बुधवार झडपसमेत भएको थियो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानल बिच भएको विवाद र अडानले झडप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell