PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

वाग्मतीमा कांग्रेस प्रदेश अधिवेशन : दुई सदस्य निर्विरोध, यी हुन् चुनावी मैदानमा उत्रिएका उम्मेद्वार



वाग्मतीमा कांग्रेस प्रदेश अधिवेशन : दुई सदस्य निर्विरोध, यी हुन् चुनावी मैदानमा उत्रिएका उम्मेद्वार

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेशको नेतृत्व चयनका लागि हेटौडामा मतदान शुरु भएको छ।

बिहान ९ बजेबाट मतदान हुने भनिए मतपत्र ढिला आउँदा  ४ बजेबाटमात्र मतदान शुरु भएको हो। निर्वाचन समितिले जारी गरेको उम्मेद्वारको अन्तिम सूचीअनुसार रसुवाका लामा कार्पु तामाङ र सिन्धुपाल्चोककी मसिना खड्का निर्विरोध चयन भएका छन्। लामा कार्पु र मसिना जिल्ला कोटाबाट उम्मेद्वार बनेका थिए। प्रदेश अधिवेशनमा प्रदेशभित्र रहेका प्रत्येक जिल्लाबाट एक महिलासहित दुई जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

जसअनुसार सिन्धुपाल्चोकमा महिला कोटामा मसिनाकोमात्र उम्मेद्वारी परे पछि निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। रसुवामा भने एकमात्र निर्वाचन क्षेत्र भएकोले एकजना सदस्य निर्वाचित हुन पाउने व्यवस्था छ। जसअनुसार लामाकर्पुकोमात्र उम्मेद्वारी परेपछि उनलाई निर्विरोध निर्वचित घोषणा गरेको हो।

को को छन् अरु उम्मेद्वार?

वाग्मती प्रदेशमा इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान प्यानल नै बनेर सभापति बन्न चुनावी मैदानमा उत्रेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell