PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘ए’ डिभिजन लिग : बराबरीमा रोकिए मनाङ र संकटा

‘ए’ डिभिजन लिग : बराबरीमा रोकिए मनाङ र संकटा


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ। दशरथ रंगशालामा भएको खेलमा मनाङ र संकटाले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको ३१ औँ मिनेटमा निरज बस्नेतको गोलमार्फत संकटाले अग्रता लिएको थियो। तर, त्यसको ४ मिनेटपछि दयानन्न सिंहले गोल गर्दै मनाङलाई बराबरीमा ल्याए। ७० औँ मिनेटमा उत्तम राईले गोल गर्दा संकटाले खेलमा पुनः अग्रता लिएको थियो। अतिरिक्त समयको अन्तिम मिनेटमा फ्र्याङ्कलिन कुएटे टाल्लाले गोल गर्दै मनाङलाई हारबाट जोगाए।

आज हुने अर्को खेलमा च्यासल युथ क्लबले न्यूरोड टिमसँग खेल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell