PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्माको अग्रता



कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्माको अग्रता

पोखरा : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा शनिवार भएको प्रदेश अधिवेशनको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार शुक्रराज शर्माले सभापति पदमा अग्रता लिएका छन्।

पोखराको उद्योग वाणिज्य हलमा जारी मतगणनामा दुई सय मत गन्दा शर्माले १ सय २ मत प्राप्त गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता अर्जुन जोशीले ९५ मत प्राप्त गरेका छन्।

यस्तै, उपसभापतिमा मेखलाल श्रेष्ठ १ मतले अघि छन्। श्रेष्ठको १ सय ४ मत आउदा प्रतिस्पर्धी कल्पना तिवारी १ सय ३, नेत्रबहादुर महतको ८० र हरि श्रेष्ठको ९४ आएको छ।

महिलातर्फ सहमहामन्त्रीमा कोपिला रानाभाटले अग्रता लिएकी छिन्। रानाभाटको १०२ आउँदा ओमकला गौतमले ९० मत पाएकी छिन्। आज भएको निर्वाचनमा गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell