PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस कर्णाली सभापतिमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित



कांग्रेस कर्णाली सभापतिमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। जुम्लाका शाही २०७० सालमा संविधान सभा सदस्य थिए।

ललितजंगले ४२२ मत पाउँदै ५१ प्रतिशत मत कटाएर कर्णाली कांग्रेसको नेतृत्व पक्का गरेको निर्वाचन समितिले जनाएको छ।

संस्थापन पक्षकै भनेर चिनिएका निधि निकटका मोतीराज बममा ७ मतमात्र पाए। संस्थापनइतर भुपेन्द्रजंग शाहीले ३१७ मत प्राप्त गरे। पदाधिकारीमा पनि संस्थापन पक्षकै जित भएको छ।

बाँकी पदको मतगणना जारी रहेको छ। प्रदेश अधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा ७५४ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell